सरकारी चिकित्सक संघको चाैथाे अधिवेशनका लागि तीनजनाले दिए अध्यक्षमा उम्मेदवारी

काठमाडौं, ११ साउन । सरकारी चिकित्सक संघ (गोदान) को चौथों अधिवेशनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
संघको आगामी २४ गते अनलाईन माध्यमबाट हुने चुनावका लागि तीन जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
संघको निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार डा रविन खड्का, समाज गौतम र दिपक थापा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षका लागि डा विजय थापा र डा राम प्रसाद सापकोटा, उपाध्यक्षका लागि डा सुशिल मोहन भट्टराई र डा विप्लब घिमिरे, महासचिवका लागि डा किर्तिपाल सुवेदी र डा विजय कुमार साहले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सचिवका लागि डा रोशन भगत, डा रामहरी दाहाल र डा विश्वनाथ अधिकारीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा डा झुमा शिलवाल र डा सुधा शाहीले उम्मेदवारी दिएका छन् ।
९ जना सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । जसमा डा. सौगात पौडेल, डा किरण पाण्डे, डा हेमा जोशी, डा सचिन यादव लगायतका रहेका छन् ।
समितिले उम्मेदवारहरुको दावी विरोध तथा नाम फिर्ता गर्न भन्दै भोली र पर्सीसम्म साँझ ४ बजेसम्मका लागि समय तोकेको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन गरिनेछ ।
नेपालमै पहिलो पटक अनलाईन माध्यमबाट संघको चुनाव हुन लागेको हो ।