नेपालमा दैनिक १८ हजार नमूना परीक्षण गर्ने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनकै १८ हजार पिसिआर परीक्षण गर्ने तयारी भइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार छिट्टै दैनिक १८ हजार नमुना परीक्षण गर्ने तयारी स्वरुप मात्र ७ वटा आएनए एक्ट्याक्सन मेसिन ल्याइएको बताए ।

हाल सरकारी ल्याबमा ६ हजार ३ सय ६० नमुना पिसिआर विधिबाट परीक्षण गर्न सकिने क्षमता रहेको छ । सरकारले ल्याएको मेसिन सञ्चारमा आएपछि थप ८ हजार ८ सय नमुना परीक्षण गर्न सकिने तथा निजी प्रयोगशालाहरुले ३ हजार नमुना परीक्षण गर्न सकिने उनले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको बताए ।

यस्तै हालसम्म नेपालमा १३ हजार १ सय २८ जना कोरोना संक्रमित निको भएको भन्दै उनले ४५ जनाको मृत्यु भइसकेको बताए ।

Last modified on 2020-07-26 17:24:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts