चितवनमा काेराेना भाइरस संक्रमितकाे संख्या १ सय १५ पुग्याे

भरतपुरमा सबै भन्दा धेरै, इच्छाकामनामा शून्य



Download our app to get more features

चितवन, ११ साउन । चितवनमा अहिलेसम्म काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि हुनेकाे संख्या एक सय १५ पुगेको छ ।

चितवनकाे प्रयाेगशालामा शुक्रवार १ सय ५७ नमुना परीक्षण गरिएकाे मध्ये भरतपुर महानगरपालिका ११ का ४६ वर्षीय एक जना पुरूषमा संक्रमण देखिएकाे थियाे । त्याेसँगै जिल्लामा संक्रमितको संख्या एक सय १५ पुगेको भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

उनका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिका भित्रका ५८ जना, माडी नगरपालिकामा ४१ जना, राप्ती र कालिका नगरपालिका समान ५ / ५ जना, त्यस्तैगरि रत्ननगर र खैरहनी नगरपालिका समान ३/३ जना रहेका छन् । उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे । संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका सबै भन्दा धेरै छन् । त्यस्तै, जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा अहिलेसम्म संक्रमित भेटिएको छैन ।

सुचना अधिकारी पौडेलले जनाए अनुसार जिल्लाभर अहिलेसम्म करिब ७ हजार ५ सय ४१ जनाको स्वाब परीक्षण भइसकेको छ । त्यसमध्ये एक  सय १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्लामा रहेका संक्रमित मध्ये अधिकाशं विदेशबाट आएकाहरू छन् । संक्रमित हुनेमा ९९ जना पुरुष र १६ जना महिला हुन् । भरतपुर अस्पतालमा उपचार गरिएको मध्य ७९ जना निको भएर घर फर्किसकेका छन् । त्यसैगरि १६ जना अस्पतालमा उपचाररत छन् । अन्य संक्रमितकाे भने स्थानीयस्तरमा नै उपचार गरिएकाे हाे । 

चितवनमा संक्रमण पुष्टि भएका मध्य एक जना जिल्ला बाहिरका सहित दुई जनाको मृत्‍यु भएको छ । कोरोना संक्रमित भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्वकाे जेठ २७ गते बिहान ७ बजेर ५ मिनेटमा भरतपुर अस्पतालको आईसीयूमा उपचारकाे क्रममा निधन भएको थियाे । त्यस्तै, ६/७ महिना अघि देखि फोक्सोको क्यान्सर भएका कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको पनि भरतपुर अस्पतालको आईसीयूमै उपचारको क्रममा असार १३ गते शनिवार बिहान ७ बजे मृत्‍यु भएको थियाे । 

यता जेठ २६ गते साेमवार चितवनमा पहिलो पटक चिकित्सक र नर्समा काेराेना संक्रमण देखिएकाे थियाे । त्यतिबेला दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरू काेराेना संक्रमणमुक्त भईसकेका छन् । त्यसपछि भने अहिलेसम्म चितवनमा कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाे छैन ।

त्यस्तै, असार ५ गते भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया क्यान्सरका बिरामी वृद्ध र उनकाे ७३ वर्षिया श्रीमती, त्यसै गरि जेठ १८ गते हेटौंडा उपमहानगरपालिका-१ निवासी २५ वर्षीया पाँच महिनाकी गर्भवती महिलाले समेत काेराेना जितेर डिस्चार्ज भईसकेका छन् ।

Last modified on 2020-07-26 14:35:46

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts