नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १३ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १० साउन । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १ सय ६ जना कोरोना संक्रमणमुक्त भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १३ हजार ५३ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि उनले बताए । डा गौतमले १ सय ९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी गराए । 

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको पनि उनले बताए ।

यस्तै नेपालमा हालसम्म ३ जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ५ सय रहेको जसमा रौतह, कैलाली र बाजुरा रहेका छन् । 

Last modified on 2020-07-25 16:45:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts