चितवनमा थप एक जना पुरूषमा काेराेना संक्रमण

चितवन, ९ साउन । चितवनमा थप एक जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा थप एक जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा स्थानीय क्वारेन्टिनमा रहेका भरतपुर महानगरपालिका ११ का ४६ वर्षीय पुरूष रहेका छन् । शुक्रवार प्रयाेगशालामा १ सय ५७ नमुना परीक्षण गरिएकाे मध्ये ती पुरूषमा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ५६ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।
Last modified on 2020-07-24 22:58:44
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।