सुदूरपश्चिमका २२ सय ८० कोरोना संक्रमित डिस्चार्ज, ५६ जना मात्रै अस्पतालमा



Download our app to get more features

धनगढी,९ साउन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुई हजार दुई सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार मंगलवार बैतडी जिल्लाबाट ४७ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ८२, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ८ सय ८९ जनाको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ । 

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार एक सय ७७ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts