गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पोखरा, ९ साउन । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार गण्डकीको ४ जिल्लाका गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु लमजुंगका ३ जना पुरुष, तनहुँका १ जना पुरुष, बागलुंगका १ जना पुरुष र कास्कीका १ जना महिला र ४ जना पुरुष गरी ५ जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ६० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ ।