चितवनमा १ सय ३९ नमुना परीक्षण गरिएकाे मध्ये थप एक जनामा काेराेना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, ८ साउन । चितवनमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा थप एक जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा स्थानीय क्वारेन्टिनमा रहेका भरतपुर महानगरपालिका १५ का ४१ वर्षीय पुरूष रहेका छन् ।

बिहीवार प्रयाेगशालामा १ सय ३९ नमुना परीक्षण गरिएकाे मध्ये ती पुरूषमा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ३८ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।

Last modified on 2020-07-23 23:21:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts