प्रदेश ५ का ६० वटा एम्बुलेन्सलाई 'अनलाइन जिपीएस ट्रयाकिङ्ग' सुरु



Download our app to get more features

रुपन्देही ८ साउन । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वाथ्य निर्देशनालयले प्रदेश ५ का ६० वटा एम्बुलेन्सलाई 'अनलाइन जिपीएस ट्रयाकिङ्ग'  सुरु गरेको छ।

आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ अउाने गरेको प्रसस्त उदाहरण छन् । सोही वाध्यता अन्त्य गर्नको लागि प्रदेश सरकारले यो अभियान सुरुवात गरेको हो।

एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा न्एक्डिभाइस जडान गरी स्वास्थ्य निर्देशनालयमा प्रविधिमा आधारित एम्वुलेन्स सूचना केन्द्रको स्थापना गरिएको हो । 

एम्बुलेन्स सूचना केन्द्रको विहिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सु्र्दशन बरालले सुभारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री बरालले सर्वसाधारणहरुले समयमा नै एम्बुलेन्स नपाउने अवस्थाको अन्त्य हुने समेत अपेक्षा लिइएको बताए । 

मोवाइल प्रयोगकर्ताहरुका लागि अनलाईन एन्डोईड एप्लीकेशनमा आधारित मोवाइल एपिलेकशनको समेत व्यबस्था गरिएको छ । 

हेल्प लाइन सेवा २४ सै घण्टा उपलब्ध हुनेछ र आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सवैभन्दा नजिक र खाली रहेको एम्वुलेन्स एकिन गरी उक्त एम्वुलेन्सको चालकको मोवाइल नम्वर सेवाग्राहीलाई उपलब्ध गराइनेछ र उक्त एम्वुलेन्सले सो सेवाग्राहीलाई सेवा दिए वा नदिएको जानकारी तुरुन्त इलष्लिभप्रविधि मार्फत अनुगमन गरिनेछ ।

प्रदेश ५ का स्वाथ्य निर्देशनालय प्रमुख डा। विनोद कुमार गिरीले  एनरोइड मोवाइल प्रयोगकर्ताले मोवाइल एपमा रहेको एम्बुलेन्स नेपाल एप्लीकेशन डाउनलोड गरी अनलाईन जिपीएर लोकेसनमा जिपीएर सुरुजवात गरेपछि आफ्नो नजिक रहेको एम्वुलेन्स देख्न सक्नेछन् र सो एम्बुलेन्समा क्लिक गरिसकेपछि उक्त एम्वुलेन्स आफुभन्दा कति टाढा रहेको र सो एम्वुलेन्सको गतिसमेत हेरी सो एम्वुलेन्स चालकको मोवाइल नम्वरमा क्लिक गरि चालकसँग सम्पर्क गर्नु पर्नेहुन्छ यसरी सिधै सेवा ग्राहिले एम्वुलेन्स सेवा प्राप्त गर्न सक्ने जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts