सुदूरपश्चिमको कोरोना अस्पतालको आइसोलेसन रित्तियो



Download our app to get more features

काठमाडौं, साउन ८  । सुदूरपश्चिममा कोरोना अस्पतालको आइसोलेसन रित्तिएको छ। कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन तीन दिनदेखि खाली भएको हो।

साउन ६ गतेदेखि कोरोना संक्रमित नआएपछि आइसोलेसन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

उक्त अस्पतालको आइसोलेसनमा हालसम्म संक्रमित र शंकास्पद गरी जम्मा १ सय ८३ जना भर्ना भएका थिए। हाल स्थानीय तहहरुले निमार्ण गरेका आइसोलेसन र होम क्वारेन्टाइनमा संक्रमितहरुलाई राख्न थालिएको श्रेष्ठले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts