भरतपुर क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा काेराेना संक्रमण

चितवन, ८ साउन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना महिलामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
बुधवार प्रयाेगशालामा १ सय ५९ नमूना परीक्षण गरिएकोमा क्यान्सर अस्पताल भरतपुरमा उपचाररत महोत्तरीको जलेश्वर नगरपालिका २ की ३५ वर्षीया महिलामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका उनुसार बाँकी १ सय ५८ नमूनाकाे नतिजा भने नेगेटिभ आएकाे छ । उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
Last modified on 2020-07-23 07:15:34
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।