नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, ४२ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ७ साउन । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा  एक सय जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक सय जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १८ हजार ९४ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा २ सय ७ जना डिस्चार्ज भएका छन् ।

डा गौतमले नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको पनि बताए । महोत्तरीका एक जना ६४ वर्षका वृद्ध र एक चिनियाँ नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्दै उनले नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी दिए ।

Last modified on 2020-07-22 16:37:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts