अपडेट

पहिलो पटक नागरिकलाई अनिवार्य मास्क लगाउन अमेरिकी राष्ट्रपति ट्रम्पले गरे आग्रह



Download our app to get more features

एजेन्सी, ७ साउन । भारतमा पछिल्लो २४ घन्टामा ३७ हजार ७ सय २४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ११ लाख ९४ हजार नाघेको छ । यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ हजार ७ सय ७० पुगेको छ । 

यसैबीच, भारतको राजधानी दिल्लीमा प्रत्यके चार जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ । २१ हजार ३ सयभन्दा बढी नागरिकको दिल्लीमा गरिएको एन्टीबडी सम्बन्धी सरकारी अध्ययनमा २३ दशमलव ४८७ प्रतिशतमा कोरोना भाइरसको एन्टीबडी देखिएको छ । दिल्ली भारतको कोरोना प्रभावित दोस्रो राज्य हो । जहाँ हालसम्म कोरोनाका कारण १ लाख २३ हजार भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।  एक करोड ९८ लाख भन्दा बढी जनसंख्या रहेको दिल्लीमा ४६ लाखभन्दा बढी मानिसहरु कोरोनाका कारण संक्रमित हुन सक्ने अनुमान गरिएको छ । अध्ययनमा देखिए अनुसार ती मध्ये अधिकांशमा लक्षण देखिएको छैन । विशेषज्ञहरुका अनुसार यो अध्ययनले दिल्लीमा कोरोना संक्रमणलाई राम्रोसँग नियन्त्रण गर्नमा मद्दत पुग्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको अजस्था अझ बढी खराब हुने बताएका छन् । ७ महिनाको अवधिमा राष्ट्रपति ट्रम्पले पहिलोपटक कोरोना महामारीको अवस्था बिग्रने सक्ने प्रतिक्रिया दिएका छन् । यसअघिसम्म उनले अमेरिकामा कोरोना महामारीको अवस्था सामान्य रहेको भन्दै प्रतिक्रिया दिँदै आएका थिए । केहिदिन अघि मात्रै पनि उनले अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर निकै कम भइसकेको बताएका थिए । मंगलवार कोरोना महामारी सम्बन्धी नियमित प्रेस ब्रिफिंगको क्रममा उनले पहिलो पटक सबैलाई अनिवार्य मास्क लगाउन अपल गरे । यस अघिसम्म उनले मास्क लगाउने कुरालाई सामान्य र हास्यास्पद बताउादै आएका थिए । अमेरिका विश्वकै पहिलो कोरोना प्रभावित मुलुक रहेका भन्दै उनले केहि महिनापछि भने अवस्था सामान्य बन्दै जाने बताए ।
 
अमेरिका र चीनबीचको विवाद फेरि उत्कर्समा पुगेको छ । अमेरिकाले कोरोना भाइरस विरुद्धको खोपको विकासमा जुटेका कम्पनीको जानकारी चीनले ह्याक गर्न खाजेको आरोप लगाएको छ । अमेरिकी अधिकाररुले चीनका दुई नागरिकमाथि आरोप लगाउँदै कोरोना भाइरसको खोपको विकास गरिरहेको कम्पनीको जानकारी चोर्नमा चीनले सहयोग गरिरहेको आरोप लगाएका छन् । अमेरिकाले चीनको साईबर जासूसको विरुद्ध अभियान सुरु गरेको बेला यो तथ्य फेला परेको बताएको छ । गत साता मात्रै बेलायत, अमेरिका र क्यानेडाले रूसमाथि पनि कोरोना विरुद्धको खोपसँग सम्बन्धीत अध्ययन चोरेको आरोप लगाएको थियो । अमेरिकाका अनुसार चीनिया दुई जना नागरिक चीनको निजी ह्याकर रहेको र चीनियाँ अधिकारीले उनीहरुलाई सहयोग गरिरहेको छ । यी दुबै जनाले  जनवरीमा म्यासाचुसेट्स स्थित एक बायोटेक फर्ममा पनि ह्याक गर्ने प्रयास गरेको र उनीहरु असफल भएको अमेरिकाको दावी छ । अमेरिकाका अनुसार दुबै चीनिया नागरिकहरुले केही समय पहिले अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन र बेलायतस्थित कम्पनी र बायोटेक फर्ममा ह्याक गरेको थियो जो कोरोना भाइरस विरुद्धको खोपको अध्ययनमा थियो ।

यसैबीच, अमेरिकी विदेश मन्त्री माइक पम्पियोले चीन, कोरोना संकटको माध्यमबाट आफ्ना छिमेकी राष्ट्रमाथि शक्ति देखाउन थालेको बताएका छन् । बीबीसीले लेखे अनुसार पम्पियोले मंगलवार एक प्रतिक्रिया दिँदै चीनियाँ कम्युनिस्ट पार्टीले कोरोना महामारीका कारण विश्व प्रभावित बनेको बेला सहयोग गर्नुको साटो आफ्ना छिमेकी राष्ट्रहरुमाथि दादागिरी देखाएको आरोप लगाए । बेलायतका के विदेश मन्त्री डोमिनिक रबसँग कुराकानीमा उनले महामारी विरुद्धको लडाईंमा विश्व एकजुट हुनुपर्ने र एक साथ काम गर्नुपर्नेमा चीनले आफ्नो शक्ति प्रदर्शन गर्ने काम गरेको आरोप लगाए । विदेश मन्त्री पम्पीयाले एक पटक फेरि चीनमाथि कोरोना महामारीको सुरुवाती तथ्य लुकाएको आरोप लगाए ।

 नोबेल पुरस्कारको वार्षिक समारोह रद्द
कोरोना महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । ६० वर्षमा यो पहिलो पटक हो जब नोबेल पुरस्कार समारोह रद्द गर्नु परेको छ । यो वर्ष नोबेल पुरस्कार जित्ने विजेताहरुको नाम घोषणा गरिएपनि समारोहको आयोजना भने नगरिने बताइएको छ । नोबेल पुरस्कारको समारोह सामान्यतथा १० डिसेम्बरमा आयोजना गरिन्छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts