सामाजिक विकास मन्त्रालयले सुरु गर्याे 'स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा'

रुपन्देही ७ साउन । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा सुरु गरेको छ ।
प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्दै नागरिकको जिउधनको संरक्षण गर्न निशुल्क हेल्पलाईन सेवा सुरु गरिएको हो ।
सेवाको सामाजिक विकास मन्त्री सुदर्शन वरालले शुभारम्भ गदैं हेल्पलाईन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने बताए ।
वरालले प्रदेशमा कोभिड –१९ को प्रभाव न्यूनिकरण हुँदै गएको बताउँदै परीक्षण समुदाय स्तरमा पुर्याइएको बताए । हेल्पलाईन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन दिदैं मन्त्रीबरालले छिटो रेस्पोन्स गर्ने मेकानिजम तयार गर्न निर्देशन दिए ।
मन्त्रालय र स्वास्थ्यको लागि सक्षम प्रणाली आयोजना सहकार्यमा सुरु गरिएको हेल्पलाईनमा कोभिड १९ सम्वन्धी जानकारी तथा परामर्स सेवा दिईने अनिल भट्टराईले वताए ।
हेल्पलाईन सेवा विहान ७ वजे देखी साझ ७ वजे सम्म दिनको १२ घण्टा संचालन हुने छ । राती ७ वजेदेखि विहान ७ वजे सम्म फोन कललाई रेकर्ड गर्ने संयन्त्रको व्यवस्था मिलाईएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले वताए।
कोभिड १९ सम्वन्धी परामर्स लगायत अन्य स्वास्थ्य आपतकालिन सेवाको लागि ११८७ वा १६६०७१५२१३० मा फोन सम्पर्क गर्न सकिन्छ । हेल्पलाईन सेवा अन्तर्गत प्रदेश भित्र वुल्क एसएमएस सर्भिस र आपतकालिन उद्धारको लागि जिपिएस लोकेशन टेकिङ प्रणालीको लागि आवश्यक प्रकृया अघि वढाईएको र यथाशिघ्र सेवा संचालनमा ल्याईन मन्त्रालयले जनाएको छ ।