चितवनमा १ सय १२ नमूना परीक्षण गर्दा थप एक जनामा काेराेना संक्रमण पुष्टी



Download our app to get more features

चितवन, ६ साउन । चितवनमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलवार प्रयाेगशालामा १ सय १२ नमूना परीक्षण गरिएकोमा चितवनका थप एक जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका उनुसार काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि हुनेमा पूर्वि चितवनको रत्ननगर नगरपालिका १३ का ३५ वर्षीय पुरूष रहेका छन् ।

प्रयाेगशाला स्रोतका अनुसार संक्रमित पुरूष रत्ननगर अस्पतालमा उपचाररत छन् । उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts