नेपालमा मंगलबार मध्यरातबाट लकडाउन अन्त्य

काठमाडौं, ६ साउन । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेका हुन् ।
कोरोना महामारी अन्त्य नहुँदै सरकारले लकाडउनको अन्त्य गर्दै साउन १५ गतेदेखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर, होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन गर्न पाइने छैन। यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्ने सरकारले निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा अर्थमन्त्री युवराज खतिवडाले भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबहाक सवारीसाधनहरु पनि सञ्चालन गर्न दिने, भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय गरिएको जानकारी दिए।
उनले भदौ १ गतेदेखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि गरिएको बताउनुभयो ।