औषधि उत्पादक संघको आन्दोलन तत्कालका लागि स्थगित

काठमाडौं, ६ साउन । नेपाल औषधि उत्पादक संघ (एपोन) को आन्दोलन स्थगित भएको छ ।
सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै हाललाई आन्दोलन स्थगित गरिएको संघका महासचिव विप्लब अधिकारीले बताए ।
उनले सरकारले बनाएको वार्ता समितिसँग भइरहेको छलफल सकारात्मक भएकोले तत्कालका लागि आन्दोलन स्थगित गरिएको जानकारी दिए । उनले भने, वार्ता सकारात्मक छ । त्यहि भएर आन्दोलन स्थगित गरेका हौं । तर, माग पूरा भएन भने फेरी आन्दोलन सुरु गर्छौ ।
एपोन विगत ७ दिनदेखि आन्दोलनमा थियो । सरकारले स्यानिटाइजर दर्ताका लागि ३ महिनाको समय थप गरेपछि एपोनले औषधि व्यवस्था विभागमा धर्ना दिँदै आएको थियो । अर्को सूचना जारी नभएसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।