नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नजिक, १२ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, ६ साउन । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा थप एक सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या १८ हजार नजिक पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा नेपालका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घन्टामा ६ सय ९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ ।

Last modified on 2020-07-21 16:35:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts