सुदूरपश्चिमका आधाभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए



Download our app to get more features

धनगढी, ६ साउन । सुदूरपश्चिमका आधा बढि कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नौँ जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा दुई हजार एक सय २९ कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार सोमवार डोटी जिल्लाबाट तीन सय ७८ र अछाम जिल्लाका ७२ जना गरी चार सय ५० जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ३५, अछामका चार सय ३६, कञ्चनपुरका तीन सय ९९, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ ।

कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका ५५ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार नौँ सय बढिको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन, डोटी अस्पतालमा दुई र सेती अस्पतालमा एक जना गरी ५५ जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ९५ पुगेको छ ।

Last modified on 2020-07-21 15:24:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts