नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ११ हजार ८ सय नाघ्यो, १ सय ८६ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ५ साउन । नेपालमा थप एक सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको बताए । उनले पछिल्लो एक सातामा यो धेरै संक्रमितको संख्या रहेको पनि बताए । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या कम हुँदै गएको पनि उनले बताए ।

यस्तै पछिल्लो २४ घन्टामा एक सय ७३ जना कोरोना संक्रमित स्वस्थ भएको भन्दै उनले हालसम्म कोरोना संक्रमित निको हुनेको संख्या ११ हजार ८ सय ८६ पुगेको पनि बताए । 

यस्तै नेपालमा हालसम्म ७ जिल्ला कोरोना संक्रमण मुक्त भएको र ३ जिल्लामा मात्रै कोरोनाका कारण ५ सय संक्रमित भएको जिल्ला रहेको पनि डा गौतमले जानकारी दिए ।

Last modified on 2020-07-20 16:34:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts