एपोनको आन्दोलनप्रति मियानको असन्तुष्टि, सरकारलाई बुझायो १० बुँदे ज्ञापन पत्र

काठमाडौं, ५ साउन । नेपाल औषधि आयातकर्ता संघ (मियान) ले सरकारले स्यानिटाइजर दर्ताका लागि म्याद थप गर्दा औषधि उत्पादक संघले गरेको विरोधप्रति असन्तुष्टि जनाएको छ ।
संघले गुणस्तरीय विदेशी औषधिहरुको आयात बन्द गरि नेपाल औषधि उत्पादक संघले काल्पनिक ढंगबाट आत्मनिर्भर भएको भनि आन्दोलन गरेर सरकारलाई घुँडा टेक्न बाध्य बनाएको भन्दै ज्ञापन पत्र बुझाएको छ ।
सरकारले औषधि उत्पादक संघसँग वार्ताका लागि बनाएको समितिमा आफ्नो पनि सहभागिता हुनुपर्ने भन्दै औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मियानका अध्यक्ष अञ्जन पुडासैनी र महासचिव पवन आचार्य सहितको टोलीले सोमवार ज्ञापन पत्र बुझाएको हो ।
मियानले औषधिको मूल्य निर्धारण र नियन्त्रण गर्न, नेपाली औषधि उद्योग कुन आधारमा आत्मनिर्भर छन् भन्ने विषयमा छानबिन गर्न समेत माग गरेको छ ।
यस्तो छ मियानले सरकारलाई बुझाएको ज्ञापन पत्रः