सरकारले १५ वटा अस्पतालसँग माग्यो विवरण, तीन दिनभित्र बुझाउनु पर्ने

काठमाडौं, ४ साउन । सरकारले १५ वटा सरकारी अस्पतालसँग कुल ओपिडी बिरामीको संख्या, आर पेसेन्टको कुल संख्या लगायतका विषयको विवरण मागेको छ । तीन दिनभित्र यी अस्पतालका सही विवरण पेश गर्न आइतबार सरकारले आग्रह गरेको हो ।
सरकारको आ व २०७७/७८ को राष्ट्रिय नीति तथा कार्यक्रममा गरीब तथा विपन्न वर्गलाई केन्द्रिय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशूल्क उपलब्ध गराउने भनिएको थियो।
यस सम्बन्धि कार्यविधिको अन्तिम चरणमा रहेकोले ती पन्ध्र अस्पतालहरुबाट यो कार्यक्रम संचालन गर्नुपर्ने भएकोले विवरण पेश गरेर सहयोग गर्न भनिएको छ।
विवरण मागिएका अस्पतालः
त्रिवी शिक्षण अस्पताल
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
वि पि कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज
काति बाल अस्पताल
राष्टिय ट्रमा सेन्टर
बीर अस्पताल
शहिद गंगालाल राष्टिय हृदय केन्द्र
कोशी अस्पताल
नारायण अस्पताल
भरतपुर अस्पताल
पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान
भेरी अस्पताल
सुर्खेत प्रादेशिक अस्पताल
डडेलधुरा अस्पताल
महाकाली प्रादेशिक अस्पताल
पेश गर्नुपर्ने विवरण