नेपालमा थपिए १ सय ५६ जना नयाँ कोरोना संक्रमित, ५७ जना डिस्चार्ज

काठमाडौं, ४ साउन । नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा योसँगै कोरोना संक्रमितको संख्या १७ ६ सय ५८ पुगेको बताए ।
यस्तै पछिल्लो घन्टामा जम्मा ५८ जना कोरोना संक्रमित निको भएको र जम्मा निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको पनि उनले बताए ।
Last modified on 2020-07-19 16:33:30