नर्भिकमा उपचाररत दुईजनालाई कोरोना संक्रमण, स्वास्थ्यकर्मीसमेत क्वारेन्टाइनमा

काठमाडौं, ४ साउन । नर्भिक अस्पतालमा उपचाररत दुईजना बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालको आइसोलेसन वार्डमा राखिएका एकजना महिला र एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि एकजनालाई पाटन अस्पताल र अर्कोलाई शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था गम्भीर नभएको पनि अस्पताल स्रोतले जनाएको छ । नर्भिकमा यसअघि पनि बिरामीहरुमा कोरोना संक्रमण देखिसकिएको छ ।
Last modified on 2020-07-19 11:43:55