नेपालमा कोरोना सङ्क्रमितको संख्या १७ हजार ५ सय ३ पुग्यो

काठमाडौं, ३ साउन । नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १७ हजार ५ सय ३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए ।
उनले पछिल्लो २४ घन्टामा १ सय ३ जना कोरोना सङ्क्रमित स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएको भन्दै नेपालमा हालसम्म कोरोना सङ्क्रमित निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको पनि जानकारी दिए ।
यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३१ पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ भने ५ हजार ८ सय २५ जना आइसोलेशनमा रहेका छन् । यस्तै २३ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् ।