नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो



Download our app to get more features

काठमाडौं, २ साउन । प्रदेश नम्बर २ मा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  

सप्तरीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनी मुटुका समेत बिरामी भई अस्पताल भर्ना भएका बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत असार ३१ गते भर्ना र उपचारको क्रममा बिहीवार मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको पनि उनले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts