नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ८५ जना संक्रमित स्वस्थ

काठमाडौं, २ साउन । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर ६६ दशमलव १२ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ सय ८५ जना कोरोना संक्रमित स्वस्थ भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको बताए । उनले यो संख्या कुल संक्रमित संख्याको ६६ दशमलव १२ प्रतिशत रहेको पनि बताए ।
यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले जानकारी दिए । विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।
Last modified on 2020-07-17 16:33:17