स्वास्थ्य मन्त्रालय र मातहतको निकाय अन्तर्गत एक अर्बभन्दा बढी रकम बेरुजु



Download our app to get more features

काठमाडौं, २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतको निकाय अन्तर्गत एक अर्बभन्दा बढी रकम बेरुजु देखिएको छ ।

मन्त्रालय र मातहतका निकायहरुले खरिद योजनाअनुसार खरिद नगरेको, दरबन्दीअनुसार पदपूतर्ति नभएको, तेस्रो चौमासिक तथा असार महिनामा बढी खर्च गरेको, विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार मेडिकल अडिट नगराएको जस्ता कार्यहरुको अनुगमन अझै हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको ५७ औं प्रतिवेदनमा मन्त्रालय र मातहतका निकायको एक अर्ब ३२ करोड १७ लाख ६६ हजार बेरुजु देखिएको छ ।

सरकारी कार्यातर्फ १५ निकायमा एक अर्ब ३९ करोड ४१ लाख १९ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १२ निकायले ७ करोड २३ लाख ५३ हजार फछ्र्यौट गरेकोले १ अर्ब ३२ करोड १७ लाख ६६ हजार बेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा ९४ करोड ६० लाख ६६ हजार पेश्सी रहेको छ ।

यस्तै संगठित संस्था, अन्य संस्था र समिति गरि ४ अर्ब ४३ करोड ४३ लाख १२ हजार बेरुजु दखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ४ निकायले १ अर्ब ९८ करोड ९२ लाख ३७ हजार फछ्र्यौट गरेकोले २ अर्ब ४४ करोड ५३ लाख ७५ हजार बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा २१ करोड ४८ लाख ९६ हजार पेश्की रहेको पनि प्रतिवेदनमा उल्लेख छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts