नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर बढ्दै, एक सय ६७ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १ साउन । नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १७ हजा र३ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा नेपालका विभन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय १३ जना कोरोना संक्रमित निको भएको बताए ।

उनले यो सँगै नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको पनि बताए ।

यस्तै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ नै रहेको पनि उनले बताए । 

Last modified on 2020-07-16 16:28:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts