सरकारको ‘सबैका लागि स्वास्थ्य’ अवधारणा कार्यान्वयनमा चुनौती

निजी अस्पतालले सेवाग्राहीबाट असुल्छन् ५ सय प्रतिशत शुल्क



Download our app to get more features

काठमाडौं, १ साउन । स्वास्थ्य जाँचका नाममा निजी अस्पतालहरुले ५ सय प्रतिशतसम्म बढी शुल्क असुल्ने गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनमा सरकारी अस्पतालको भन्दा निजी अस्पतालले एक सयदेखि ५ सय प्रतिशतसम्म शुल्क असुलेको उल्लेख छ ।

सरकारी अस्पतालमा एक हजारदेखि ३ हजारसम्म शुल्क रहेको आईसीयू सेवाको शुल्क निजी अस्पतालमा २५ सयदेखि १० हजारसम्म लिने गरेको, सामान्य बेडको शुल्क २ सयदेखि ५ सय, एक्स रे शुल्क २ सय ७६ देखि ७ सयसम्म, भिडिया एक्स रे ५ सयदेखि एक हजार २ सय ५०, ब्लढ सीबीसी दुई सयदेखि ६ सयसम्म, ब्लड सुगर ६० देखि एक सयसम्म, आरएफटी ६ सयदेखि १३ सय ६० सम्म, टीएपटी १२ सयदेखि १८ सयसम्म, ब्लड कल्चर ३ सयदेखि ९ सय ५० सम्म, पिसाब जाँच ६० देखि एक सय ७० सम्म लिने गरेका पाइएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालको मुख्य सेवाहरुको शुल्क विश्लेषण गर्दा समान पूर्वाधारभएको आईसीयू तथा एकै किट प्रयोगशाला जाँचको सेवा शुल्कमा एक सयदेखि ५ सय प्रतिशतसम्मको फरक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

निर्देशिका बमोजिम समितिबाट शुल्क निर्धारणमा एकरुपता कायम नगरिँदा निजी स्वास्थ्य तथा संस्था अस्पतालहरुले मनोमानी रुपमा शुल्क निर्धारण गरि असुल गर्ने गरेको हुँदा यसबाट शुलभ स्वास्थ्य सेवा सर्वसधारणको पहुँचभन्दा टाढा बनेको र सरकारको ‘सबैका लागि स्वास्थ्य’ अवधारणा कार्यान्वयनमा आउनमा समस्या उत्पन्न हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले आफ्नो प्रतिवेदनमा शुल्क निर्धारण समितिले अस्पतालको वर्गीकरण वा स्तरबमोजिम स्वास्थ्य सेवा शुल्क निर्धारण गरी एकरुपता कायम गर्नुका साथै अस्पतालहरुले लिने शुल्कको नियमित अनुगमन गर्न पनि भनेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts