२७ अस्पतालले पूरा गरेनन् यो वर्ष न्यूनतम सेवा मापदण्ड

काठमाडौं, १ साउन । यो वर्ष २७ वटा प्राथमिक तहको अस्पतालले स्वास्थ्यको न्यूनतम सेवा मापदण्ड पूरा गर्न सकेन ।
स्वास्थ्य सेवा विभागले निर्धारण गरेको प्राथमिकत तहका ५० शय्यासम्मको ८३ सरकारी अस्पताल मध्ये यो वर्ष २७ वटा अस्पतालले न्यूनतम सेवा मापदण्ड समेत पूरा गर्न नसकेन महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
महालेखाको ५७ औं वार्षिक प्रतिवेदनमा २७ प्राथमिक केन्द्रको गुणस्तर कमजोर रहेको देखाएको छ । साथै अस्पतालमा उपकरण, जनशक्ति, पूर्वाधार तथा औषधिको व्यवस्थापन समेत हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य सेवा विभागबाट सरकारी अस्पतालको न्यूनतम सेवा मापदण्ड बमोजिम सञ्चालन भए नभएको मापन गर्ने र मापन गर्दा व्यवस्थापन तथा क्लिनिकल सेवाको अंकभार ६७ नल्याउनेमा यी २७ अस्पताल परेका छन् ।
अस्पतालले पालना गर्नुपर्ने न्यूनतम सेवा मापदण्ड, २०७५ मा स्विकृत भएको थियो । मापदण्डका पालना गर्ने कार्य स्वास्थ्य सेवा विभागलाई तोकिएको छ ।