प्रदेश सरकारको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपालको १ करोड



Download our app to get more features

काठमाडौं, ३१ असार । प्रदेश सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ प्रदान गरेको छ ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले माननीय मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्रीले सहयोग रकम ग्रहण गर्दै कोरोना नियन्त्रण तथा उपचार कोषमा रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगमा कोरोना विरुद्धको अभियान सफल हुने बर्ताए । 

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन यहाँ आएर सहयोग गरेको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts