भरतपुरमा गरिएको परीक्षणमा चितवन र नवलपुरका गरि १९ जनामा कोरोना संक्रमण देखियो



Download our app to get more features

चितवन, ३१ असार । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा चितवन र नवलपुरका गरि १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलवार प्रयोगशालामा ३ सय ८ नमूना परीक्षण गरिएकोमा चितवन र नवलपुरका गरि १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् । 

उनका उनुसार कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि हुनेहरूमा चितवनको माडी नगरपालिका १, ७ र ८ वडाका १९, २२, २४, २८, ३२, ३५ र ३६ वर्षीय २ जना सहित ८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेहरूमा बाँकी ११ जना नवलपुर जिल्लाको कावासोती र बुलिङटारका छन् । कावासोती नगरपालिका ५ र ८ वडाका २६ र ४८ वर्षीय दुइ जना पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तैगरि, बुलिङटार गाउँपालिका ३ र ४ वडाका १९ देखि ३४ बर्ष उमेर समुहका ८ जना पुरुष र ३२ वर्षीया एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पताल स्रोतका अनुसार संक्रमित सबै स्थानीय क्वारेन्टिनमा रहेका थिए ।

उनीहरूको चितवनमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो । 

भरतपुर अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमित निको भएर असार २८ गते डिस्चार्ज भएका थिए । अस्पताल स्रोतका अनुसार यस बिचमा थप एक जना डिस्चार्ज भई हाल २५ जना उपचाररत रहेका छन् ।

Last modified on 2020-07-15 15:55:03

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts