कोरोना भाइरस उपचारः कोभिड १९ को खोप पत्ता लाग्दा कसरी गँगटो सङ्कटमा पर्छ ?



Download our app to get more features

काठमाडौं, ३१ असार । कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर 'होर्सशू क्र्याब' भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ ।

विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु हो ।

'होर्सशू क्र्याबु' विश्वको पुरानो जीवमध्ये एउटा हो। यो डाइनसोरभन्दा पहिलेदेखि अस्तित्वमा रहेको र ४५ करोड वर्ष पुरानो मानिन्छ ।

खोप सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न तिनको रगत प्रयोग गरिन्छ ।

अहिले विश्वभरि अनुसन्धानकर्ताहरूका झन्डै २०० वटा समूह खोप निर्माणको काममा जुटेका छन् । तीमध्ये १८ वटा खोपको मानव परीक्षण भइरहेको छ ।

अधिकांश विज्ञहरू सन् २०२१ को मध्यतिरबाट खोप प्रयोगका लागि उपलब्ध हुने अपेक्षामा छन् ।

गँगटाको मुटुको छेउमा प्वाल पारेर करिब ३० प्रतिशत रगत
गँगटोको मुटुको छेउमा प्वाल पारेर झन्डै ३० प्रतिशत रगत सङ्कलन गरिन्छ ।

रगतको प्रयोग
वैज्ञानिकहरूले सन् १९७० देखि नै 'होर्सश' क्र्याबुको रगत निकाल्दै आएका छन् ।

चिकित्सकीय उपकरण र औषधिमा जीवाणु छन् कि छैनन् भन्ने जाँच्न यसको प्रयोग हुन्छ ।

चिकित्सकीय उपकरणमा खतरनाक जीवाणु भए भने बिरामीको ज्यान जान सक्छ । तर 'होर्सशू क्र्याबु'को रगत सूक्ष्मजीवले बनाउने विषप्रति निकै नै संवेदनशील हुन्छ ।

मानिसको शरीरभित्र जाने कुनै पनि कुराको उत्पादनका बेला त्यो दूषित छ कि छैन जाँच्नका लागि यो प्रयोग गरिन्छ ।

त्यस्ता कुरामा खोपदेखि लिएर रक्तनलीमार्फत् औषधि दिन प्रयोग हुने उपकरणदेखि शरीरभित्रै राखिने चीकित्सकीय उपकरण पनि पर्छन् ।

ठूलो व्यापार
एट्लान्टिक स्टेट्स मरीन फिशरिज कमिशनका अनुसार हरेक वर्ष करिब पाँच लाख 'होर्सशू क्र्याबु' जीवचिकित्सामा प्रयोग गर्नका लागि सङ्कलन गरिन्छ ।

उक्त सामुद्रिक गँगटोको रगत विश्वकै सबैभन्दा महँगो तरल पदार्थ हो ।

यसको एक लिटर रगत १५,००० डलरसम्ममा विक्री हुन्छ ।

रगत किन नीलो
यो जीवको रगतको रङ्ग नीलो हुन्छ। किनभने यसको रगतमा तामाको मात्रा हुन्छ ।

मान्छेको रगतमा फलामको मात्रा हुने भएकाले रातो हुन्छ ।

वैज्ञानिकहरूले यसको रङ्ग नीलो भएर मात्र यसमा चासो देखाएका भने होइनन् ।

यो जीवको रगतमा एउटा विशेष प्रकारको रसायन हुन्छ जसले ब्याक्टेरियावरिपरि जम्मा भएर तिनलाई जमाइइिन्छ ।

यो जीवको रगतको रङ नीलो किन हुन्छ भने यसको रगतमा तामाको मात्र हुन्छ ।

एकदमै कम रगतको मात्राले पनि ब्याक्टेरिया खुट्याउन सक्छ ।

अमेरिकी र एशियाली प्रजातिबाट सङ्कलित रगत प्रयोग गरेर दुई भिन्न प्रकारका परीक्षण गरिन्छ ।

कति मर्छन्?
गँगटोको मुटुको छेउमा प्वाल पारेर करिब ३० प्रतिशत रगत सङ्कलन गरिन्छ ।

त्यसपछि उक्त जीवलाई फेरि आफ्नै संसारमा फर्काइन्छ। तर अध्ययनले यसरी रगत तानिएका तीनदेखि १० गँगटाहरू मर्छन् ।

बाँचेका पोथीहरूलाई पनि प्रजननमा समस्या हुन्छ ।

विकल्प के हुनसक्छ?
विश्वमा यो जीवका केवल चार प्रजाति बाँकी छन् ।

यी प्रजाति पनि जीवचिकित्सामा प्रयोग गरिएकाले, माछाको आहारा बनेकाले र प्रदूषणका कारण खतरामा परेका छन् ।

वैज्ञानिकहरूका अनुसार विश्वभरि जनसङ्ख्या र आयु बढ्दा गँगटोको रगत प्रयोग गरेर हुने परीक्षण बढ्ने सम्भावना छ ।

संरक्षणको क्षेत्रमा सक्रिय अभियानकर्मीअरू कृत्रिम रसायन प्रयोग गरिने परीक्षणलाई प्रोत्साहन दिनुपर्ने बताउँछन् ।

तर औषधि उत्पादकहरू त्यस्ता परीक्षण परिणामजनक हुन्छन् भन्ने प्रमाणित हुनुपर्ने बताउँछन् ।

जुन महिनामा अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले विषालु कुरा पहिचान गर्न अर्को विकल्पलाई प्रमाणित गर्न नसक्ने निर्णय गरेको छ ।

अर्थात् अमेरिकामा धेरै औषधि र खोपहरू विक्री गर्न चाहने कम्पनीहरूले धेरैभन्दा धेरै उक्त जीवको रगतलाई परीक्षणका क्रममा प्रयोग गर्नुपर्ने हुन्छ ।

बिबिसी

Last modified on 2020-07-15 08:03:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts