नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ३० असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित मिडिया ब्रिफिंगको क्रममा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको बताए । 

उनले पछिल्लो २४ घण्टामा ३४ जना कोरेना संक्रमित निको भएको भन्दै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ पनि उनलेब बताए ।

Last modified on 2020-07-14 16:46:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts