सरकारले स्यानिटाइजरको म्याद थप गरेको विरोधमा एपोनको प्रदर्शन जारी

फोटो फिचर



Download our app to get more features

काठमाडौं, ३० असार । नेपाल औषधि उत्पादक संघले मंगलवार पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । 

मन्त्रिस्तरिय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्यानिटाइजरको दर्ताको लागि ३ महिनाको समयावधि थप गरेको भन्दै संघले मंगलवार बिहान साढे ११ बजेदेखि साढे एक बजेटसम्म औषधि व्यवस्था विभागको अगाडी विरोध प्रदर्शन गरेको हो ।

संघका महासचिव विप्लब अधिकारीले सरकार गरेको निर्णयको विरोध गर्दै माग पुरा नभएसम्म विरोध र प्रदर्शन जारी रहने हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले स्वास्थ्य मन्त्रीलाई भेटेर विभिन्न समयमा नेपाल सरकारले गरेका निर्णयको कार्यान्वयन गरिदिन १८ बुँदे माग सहित पत्र बुझाइसकेको भएपनि मन्त्रीले स्यानिटाइजर दर्ताका लागि समय थप गर्दा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको पनि बताए । 

महासचिव अधिकारीले भोलिसम्म पनि मागको सुनुवाई नभए पर्सिबाट थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेपालमै उत्पादित स्यानिटाइजर र नेपाली उद्योगले नै नेपालको बजार धान्न सक्ने भएकाले विदेशी उद्योगलाई सरकारले बढावा दिँदा त्यसले नेपाली उद्योग धरासायी हुने भएकाले तत्काल यो निर्णय फिर्ता लिँदै नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने काम बन्द गर्नुपर्ने महासचिव अधिकारीको भनाइ छ ।

मंगलावार गरिएको संघको प्रदर्शनका केही तस्वीरहरुः

Last modified on 2020-07-14 15:33:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts