सुदूरपश्चिममा क्वारेन्टाइनसँगै समुदायमा पनि स्वाब संकलन गरिने



Download our app to get more features

धनगढी, ३० असार । सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनसँगै समुदायमा पनि स्वाब संकलन गर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालय धनगढीमा सोमवार बसेको बैठकले परीक्षणको दायरा बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गरेर नमूना परीक्षण गर्ने निर्णय गरेको हो ।

क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने तयारी भईसकेको र अब समुदायमा रहेका प्रदेशवासीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने निर्णय भएको हो ।

बैठकले होल्डिङ सेन्टर स्थापना गर्ने, क्वारेन्टिनलाई थप व्यवस्थित पनि बनाउने, सबै स्थानीय तहमा आइसोलेसन कक्ष निर्माण गर्ने, कोरोना नियन्त्रणका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने लगायतका निर्णय गरेको छ ।

यातायात, उद्योग कलकारखाना तथा विकास निर्माणका कामलाई सुचारु गर्ने, बाढी, पहिरो तथा डुवान जस्ता जोखिम न्युनिकरणको लागि तयारी थाल्ने लगायतका निर्णय गरेको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्थापना गरिरहेका थप तीनवटा प्रयोगशाला (धनगढी, डोटी र बैतडी) मा पिसिआर मेसिन जडान भईरहेको र धनगढीस्थित स्वास्थ्य कार्यालयमा जडान अन्तिम चरणमा पुगेकोले यसै सातावाट परीक्षण सुरु हुने दावी गरे ।

Last modified on 2020-07-14 13:36:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts