लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा खनालको ७ महिनामा ७ काम

रुपन्देही, ३० असार । डा राजेन्द्र खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुप्रिटेन्डेन्टमा नियुक्त भएको ७ महिना भएको छ । यो ७ महिनामा उनले उल्लेखनिय ७ काम गरेका छन् ।
प्रदेश ५ सरकारले डा खनाललाई लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुप्रिटेन्डेन्टमा नियुक्त गरेपछि खनालले ७ महिनामा ७ उल्लेखनिय काम गरेका हुन् ।
अस्पतालमा दोस्रो पटक मेसु भएपछि खनालले यस क्षेत्रमा सरकारी अस्पतालमा नभएको डायलासिस सेवा सुरु गरेको बताए । निजी अस्पतालमा यो सेवा भएपनि सरकारी अस्पतालमा नभएकोकोले लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो आफूले यो सेवा सुरु गरेको बताए ।
दोस्रो कामको रुपमा डा खनालले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा अघि सारेपछि अस्पताल परिसमा रहेका सटरलाई हटाउन विभिन्न समस्या भएको थियो, त्यसलाई समाधान गर्दै सरकारको निर्देशन अनुसारको काम अघि बढाएको बताए ।
खनालले सँधै सबैले ईमर्जेन्सीको सेवा प्रभावकारी नभएको बेड अभाव लगायतका समस्या समाधान गरेका छन् । अहिले अस्पतालको त्यो ईमर्जेन्सी विभाग व्यवस्थित भएको छ । भित्र कार्यरत स्वास्थ्यकर्मी चिकित्सकले निजी क्लिनिकमा बिरामी पठाउने अबैध काम बन्द भएको छ । त्यसबाट बिरामीलाई सहज भएको छ भने सेवा प्रभावकारी रहेको छ ।
अस्पतालको जग्गामा रहेको प्रेटोल परम्पलाई हटाई त्यो ठाउँ खालि भएको छ । त्यसमा अर्थो विड्स बिल्डिंग बनाउने तयारी भएको खनालले बताए ।
डा खनालले पाँचौ काममा विश्वमा कोरोना महारी फैलिसँगै यस क्षेत्रमा पनि कोरोनाको अस्थायी अस्पताल आईसीयु सहितको सुविधा उपलब्ध गराई त्यहाँ कोरोना उपचार गर्ने ठाउँ बनाएको बताए । आफूमात्र नभई अस्पताल विकास समितिका कर्मचारी, सबै क्षेत्रको सहयोगमा यो आईसीयु सहितको अस्पताल निमार्ण गरेको बताए ।
अस्पतालमा अप्रेशन गरेका बिरामीलाई राख्ने ठाउँ पोष्टअपे्रटप वार्ड निमार्ण गरि सुरु गरिएको छ । जसबाट अप्रेशन गरेका मानिसलानई राख्नका लागी सहज भएको छ । प्रदेश ५ सरकारको लागनीमा बनेको नयाँ भवनमा यो सेवा सुरु गरिएको डा खनालले बताए ।
डा खनालले सातौं काम अहिले अस्पतालमा पिसिआर सेवा सुरु गरेको बताएका छन् । कोरोना महामारीको रुपमा फैलिएपछि परीक्षणको दायरा बढाउने उदेश्यले लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना ल्याब परीक्षण सुरु गरिएको बताए ।
डा खनालले अस्पतालमा फिवर क्लिनिक आईसोलेशशन कक्ष लगायतका धेरै सुधारका काम गरेको बताएका छन् । अरुपनि धेरै काम भएको डा खनालले बताए ।