टेलिमेडिसिन सेवा सम्बन्धी निर्देशिका जारी गर्न नेपाल मेडिकल काउन्सिललाई अनुरोध

काठमाडौं, ३० असार । अभियान असल डाक्टले टेलिमेडिसिन निर्देशिका जारी गर्न नेपाल मेडिकल काउन्सिललाई अनुरोध गरेको छ ।
अभियान असल डाक्टरका संयोजक डाक्टर सुशील कोइरालाले सूचना प्रविधिको विकाससँगै विश्वका विभिन्न मुलुकहरुमा टेलिमिडिशिन÷डेन्टिस्ट्री सेवा सञ्चालनमा आएकाले नेपालमा पनि त्यसले सेवा प्रदान गर्नमा ठूलो मद्दत पुग्ने भन्दै टेलिमेडिशिन सम्बन्धी निर्देशिका जारी गर्न काउन्सिललाई आग्रह गरेका छन् ।
उनले स्वास्थ्य सेवा प्रणालीलाई सहज र सुलभ बनाउन इ–हेल्थ सेवालाई संसारका विभिन्न देशहरुमा त्यस देशका मेडिकल/डेन्टल काउन्सिल वा सम्बन्धीत सरकारी निकायहरुले विशेष कानून र आवश्यक निर्देशिकाहरु निर्माण गरी सेवा सञ्चालनको गुणस्तर, सेवा प्रदानको सिलसिलामा आइपर्न सक्ने जोखिमको मूल्याङ्कन, बिरामीको व्यक्तिगत डाटाको सुरक्षा, हकहित र सेवा प्रदान गर्ने चिकित्सकहरुको व्यवसायिक दायित्व आदीबारे आवश्यक अनुगमन हुन सक्ने कडा व्यवस्था मिलाई सेवा सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सुझाव समेत दिएका छन् ।
डा. कोइरालाको अनुरोध पत्रमा ‘नेपालमा पनि २००४ देखि नै टेलिमेडिसिन सेवा सुरु भएको र हाल कोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा चिकित्सा क्षेत्रमा अनलाइन चिकित्सकीय परामर्श सेवाका बजार पनि चलायमान भएको हुँदा नेपालमा विभिन्न निजी आईसिटी कम्पनीहरुले वेभसाइट, एपहरु आदी निर्माण गरी चिकित्सकहरुलाई अनलाइन सदस्यको रुपमा आवद्ध हुन आमन्त्रण गर्ने, उनीहरुलाई आप्mनो परामर्श शुल्क तोक्न लगाउने, उक्त शुल्कको केही निश्चित प्रतिशत रकम सेवा शुल्क वापत वेभसाइट कम्पनीहरुले लिने, बाँकी रकम विद्युतीय बैंकिङ सेवा मार्पmत सिधै चिकित्सकहरुको निजी खातामा जाने व्यवस्था मिलाएको पाइएको’ उल्लेख गरिएको छ ।
यस अवस्थामा अनलाइन चिकित्सकीय परामर्श सेवा प्रदान गर्दा के कस्ता कार्यविधिहरु अपनाउनु पर्ने हो, त्यसका लागि स्वास्थ्य मन्त्रालयको कुन आधिकारिक संस्थामा दर्ता हुनु पर्ने हो, कुन प्रक्रियाबाट आइसिटी कम्पनीहरुले यस्ता स्वास्थ्य सेवा संचालन गर्न पाउने हो, यसमा नेपाल मेडिकल काउन्सिको कुनै प्रष्ट निर्देशिका छ÷छैन र काउन्सिलले यस्ता इ–हेल्थ सेवाहरु कसरी अनुगमन गरिरहेको छ भन्नेबारे जानकारी गराउन पनि उनले पत्रमार्फत् आग्रह गरेका छन् ।
साथै उनले यसरी निर्देशिका बिनै यदि यस्ता कामहरु भइरहेको छ भने सुहाउँदो इ–हेल्थको लागि आवश्यक पर्ने नियम, कानून र निर्देशिकाको छिटो भन्दा छिटो व्यवस्थापन गर्न र बिरामी, चिकित्सक र सरकारलाई ठगिनबाट जोगाउन सकिने र इ सेवाको दुरुपयोग नहुने पनि बताएका छन् ।
डा कोइरालाले संसारभर विकसित हुँदै गएको इ–हेल्थको अवधारणा र सेवा नेपालमा पनि जनमुखी स्वास्थ्य व्यवसायको रुपमा स्थापित गर्न काउन्सिललाई आग्रह गरेका छन् ।
हाम्रोडक्टरले २०१८ देखि टेलिमेडिसिन र अनलाइन कन्सल्टेसन सेवा सुरु गर्दै आएको छ । हाम्रोडक्टर औपचारिक तथा नेपालमा व्यवसायिक रुपमा टेली हेल्थको सुरुवात गर्ने पहिलो संस्था हो ।
हाम्रोडक्टरका सिइयो उद्धवराज भेटुवालले पनि अनलाइन परामर्श र इ हेल्थको विकास विश्वभर नै बढ्दै गएकाले सरकारले यसलाई बैधानिकता दिएर नियमन गर्दै लानुपर्ने बताउनुभयो।