स्वास्थ्य मन्त्री ढकाल भन्छन्ः कोरोना भाइरसको परीक्षण घटाएका छैनौं



Download our app to get more features

काठमाडौं, २९ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको नमूना परीक्षणमा कमि नगरिएको बताएका छन् । 

केहीदिन यता ४ हजारको हाराहारीमा मात्रै परीक्षण भएपछि सरकारले परीक्षणको दर घटाएको भन्ने विषयमा मन्त्री ढकालले संक्रमणको संख्यामा कमी देखिएपनि परीक्षणको दरमा कमी नगरेको दावी गरे । 

सोमवार स्वास्थ्य पत्रकार मञ्च नेपालले तयार गरेको सन्देशमुलक सामग्री ग्रहण गर्ने क्रममा मन्त्री ढकालले भने, 'कतिपयले अनुमान गरे जस्तो परीक्षण नै नगरी संक्रमणको दर घटाएको भन्ने कुरामा सत्यता छैन् । अहिले बाहिर विशेष गरी भारतबाट आएर क्वारेन्टिनमा रहनेहरुको संख्या समेत कम हुँदै जाँदा नमूना संकलन नै कम रहेको र संक्रमण दरमा समेत कमि आएको हो ।' 

उनले समुदायमा संक्रमण छ कि छैन भनेर हेर्नका लागि अहिले उपत्यका सहित देशैभरबाट ४५ हजार बढी नमूना संकलन गरेको र त्यसको नतिजा पछि देशमा कोरोना संक्रमणको अवस्था अझ प्रष्ट हुने बताए । 

आफूले १५ असारबाट १० हजार जनाको परीक्षण गर्ने घोषणा गरेको तर त्यसको आवश्यकता पछिल्लो समय नदेखिएको बताए । अहिले हामी आवश्यक परेको खण्डमा सहजै रुपमा १० हजार परीक्षण गर्न सक्छौँ तर त्यति धेरै परीक्षण गर्नुपर्ने अवस्था अहिले छैन् उनले भने । 

उनले संख्या घट्दै जाँदा बाहिरबाट आउनेहरुको व्यवस्थानमा थप सुधार गरेर व्यवस्थित गर्ने योजनामा रहेको बताए । उनले भारतबाट आउनेहरुलाई नाकामै होल्डिङ सेन्टर बनाउने र तेस्रो मुलुकबाट आउनेहरुलाई काठमाडौँमा होल्डिङ सेन्टर बनाई सहज र व्यवस्थित परीक्षण गरी ढुक्क भएर मात्रै घर तर्फ पठाउने व्यवस्था मिलाउने योजना बनाउन थालिएको जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts