क्वारेन्टाइनबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी अन्तरिम निर्देशिका जारी



Download our app to get more features

काठमाडौं, २९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनबाट निस्केका स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि अन्तरिम निर्देशिका जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो समय क्वारेन्टाइनहरु रित्तिदै जाँदा त्यहाँ भएका स्वास्थ्यजन्य फोहोरबाट समुदायमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम रहेकाले त्यसको व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेको बताए ।

उनले निर्देशिका अनुसार क्वारेन्टाइनबाट निस्केका फोहोरलाई उचित व्यवस्थापन गर्नका लागि साबुनपानी वा सर्फ पानीले धुन तथा आधा घन्टा क्लोरिनमा राखेर फोहोर संकलन गर्नेलाई जिम्मा लगाउन सक्ने बताए ।

यस्तै स्वास्थ्यजन्य फोहोरलाई जलाउने वा गाड्ने तथा जथाभावी फाल्ने काम नगर्न पनि निर्देशिकामा उल्लेख गरिएको डा गौतमले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts