नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १० हजार नाघ्यो, १ सय ४४ जना संक्रमित थपिए

काठमाडौं, २९ असार । पछिल्लो पाँच दिनदेखि दुई अंकमा झरेको कोरोना संक्रमितको संख्या फेरि तीन अंकमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो पाँच दिनदेखि २ अंकमा रहेको कोरोना संक्रमित सोमवार ३ अंकमा पुगेको र नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नजिक पुगेको बताए ।
उनले नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिए ।
यस्तै हालसम्म संक्रमित भएकामध्ये १० हजार २ सय ९४ जना स्वस्थ भएको र मृत्यु हुनेको संख्या ३८ रहेको पनि उनले बताए ।
Last modified on 2020-07-13 16:29:12