स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन सम्पन्न

काठमाडौं, २३ असार । ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन मंगलबार सम्पन्न भएको छ ।
'अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरूको सम्बोधन’ भन्ने नाराका साथ शुरु भएको उक्त सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
सोमबारदेखि शुरु भएको सम्मेलन दुई दिन चलेको हो ।
कोभिड १९ का कारण भर्चुअल रुपमा गरिएको सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले प्रस्तुति दिएका थिए।
सम्मेलनमा ८६ वटा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न विधाहरु कोभिड १९, मानसिक स्वास्थ्य, बाल तथा किशोरकिशोरी स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुतिकरण गरिएको थियो ।
त्यसमध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण दिइएको थियो भने ५४ वटा पोष्टर प्रस्तुति दिइएको थियो । साथै सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरणहरु पनि समावेश गरिएका थिए ।
सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो।