भरतपुरमा गरिएको परीक्षणमा चितवनका थप ५ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार । भरतपुरमा गरिएको परीक्षणमा चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएका २२३ नमुना मध्ये ५ जनामा कोभिड–१९ पुष्टि भएको हो ।
बाँकी २१८ वटा नमुनाहरुको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जनाएकि छन् । ती ५ नयाँ संक्रमित चितवन माडि–२ का ४४ वर्षिया १ पुरुष, माडी–६ का ३ पुरुष क्रमशः ४५, २४, २६ वर्षका छन् । ५ संक्रमित मध्ये रत्ननगर–७ कि एक २५ वर्षिया महिला रहेकि छिन् ।
Last modified on 2020-07-07 21:41:54