नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, ४ जिल्ला संक्रमण मुक्त

काठमाडौं, २३ असार । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी मिडिया ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
उनले विभिन्न २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा २ सय ४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको बताए ।
यस्तै हालसम्म ७ हजार ४ सय ३९ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि उनले बताए ।
डा गौतमले नेपालका ४ जिल्ला कोरोना संक्रमण मुक्त भएको पनि जानकारी गराए । संक्रमणमुक्त हुने जिल्लामा तीन वटा प्रदेश १ को तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला रहेको छ ।
Last modified on 2020-07-07 19:33:59