१२ दिनदेखि अनसनरत युवा र सरकरबीच सहमति, जोखिममा रहेकाको पिसिआर गरिने



Download our app to get more features

काठमाडौं, २३ असार । सरकारले जोखिममा रहेका सबैको पिसिआर विधिबाट मात्रै कोरोनाको परीक्षण गर्ने भएको छ । 

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै १२ दिनदेखि अनसनमा बसेका दुई जना युवा र सरकारबीच १२ बुँदे सहमति भएको हो । सहमति अनुसार अब सरकारले आरडिटी परीक्षण बन्द गर्ने र जोखिममा रहेकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने र परीक्षणको दायरापनि बढाउने भएको छ ।

सहमतिपछि अनसनरत दुबै जना युवाले मंगलबार बिहानबाट अनसन तोडेका छन् ।

सहमति पत्रमा अनसनकारीको तर्फबाट इन्जिनियर पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा समिर कुमार अधिकारीले हस्ताक्षर गरेका छन् ।

आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने लगायतका सहमति मन्त्रालय र अनसनकारीबीच भएको सहमति पत्रमा उल्लेख छ ।

यसैगरी विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टाइनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति पनि भएको छ ।

यस्तो छ अनसनकारी र सरकारबीच भएको सहमतिः

Last modified on 2020-07-07 15:26:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts