गर्भवति तथा सुत्केरीलाई प्राथमिकतामा राखेर स्वाब संकलन गर्न निर्देशन जारी

काठमाडौं, २३ असार । सरकारले गर्भवति तथा सुत्केरी महिलाहरुलाई प्राथमिकतामा राखेर स्वाब परीक्षण गर्न निर्देशन जारी गरेकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गर्भवति र सुत्केरी महिलाहरु पनि प्रभावित हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर स्वाब संकलन गरेर प्रयोगशालामा पठाउन निर्देशन जारी गरेको हो ।
मन्त्रालयका सह सचिव शैलजा रेग्मी भट्टराईले कोरोना संक्रमणका कारण गर्भवति तथा सुत्केरी महिलाहरुपनि प्रभावित हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर स्वाब संकलन गरेर प्रयोगशालामा जाँचका लागि पठाउन भनिएको बताईन् ।
साथै रातो फित्ता लगाएर पठाइएको स्वाबलाई पनि प्राथमिकतामा राखेर जाँच गरेर नतिजा सक्दो चाँडो सम्बन्धीत निकायमा पठाउनपनि निर्देशन दिइएको उनले जानकारी दिइन् ।