नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित हुने प्रदेशमा सुदूरपश्चिम बन्यो तेस्रो

धनगढी, २२ असार । देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका प्रदेशमा सुदूरपश्चिम तेस्रोमा छ। प्रदेश २ र प्रदेश नम्वर ५ पछि नेपालमा सबैभन्दा बढी कोरोना सुंक्रमित सुदूरपश्चिममा रहेका हुन्।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या तीन हजार ८ सय ७८ पुगेको छ।
प्रदेशमा सबैभन्दा बढी कैलालीमा ८ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै अछाममा पाँच सय ८७, बाजुरामा पाँच सय ५९, डोटीमा पाँच सय ५६ जनाामा कोरोना पुष्टि भएको छ ।
कञ्चनपुरमा चार सय २९, डडेल्धुरामा दुई सय ६७, बैतडीमा दुई सय ६१, बझाङमा एक सय ४६ र बाजुरामा १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम भन्दा बढी संक्रमण पुष्टि भएका प्रदेश नम्वर २ मा चार हजार एक सय ६० र प्रदेश नम्वर ५ मा तीन हजार नौँ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णली प्रदेशमा एक हजार पाँच सय ७८, गण्डकी प्रदेशमा एक हजार एक सय ५०, प्रदेश नम्वर १ मा ६ सय ९२ र बाग्मती प्रदेशमा पाँच सय ५९ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने संक्रमित मध्ष्ये ६ सय ६२ जना डिस्चार्ज भएका छन् ।