एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमको लागि सुझाव दिन मन्त्रालयको अनुरोध



Download our app to get more features

काठमाडौं, २१ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम'को लागि सुझाव दिन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेको छ । 

सरकारको उक्त अवधारणा लागु गर्दा आइपर्ने चुनौतिहरु र ती चुनौतिहरुलाई सामना गर्ने उपाहरु र विधी प्रक्रियाहरुका सम्बन्धमा सुझाव सल्लाह दिन मन्त्रालयले अनुरोध गरेको हो । 

आफ्ना सुझाव सल्लाह तीन दिनभित्र 'वानडाक्टरवानहेल्थफ्यासिलिटी एट जिमेल डट कम'मा पठाउन आग्रह गरिएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८को बजेट तथा कार्यक्रममा एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था मस्यौदा तर्जुमा समिति गठन भै समितिले कार्य सुरु गरेको छ । 

उक्त अवधारणा एक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सो अस्पताल बाहेक अरु कुनै अस्पताल वा क्लिनिकमा जानुपर्ने अवस्थाको अन्त्य गरी सरकारी अस्पतालको सेवालाई विस्तारित गर्न ल्याइएको हो । 

Last modified on 2020-07-06 08:17:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts