नेपालमा कोरोना संक्रमित १५ हजार ४ सय १९, ६ हजारभन्दा बढी निको

काठमाडौं, २० असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ हजार ४ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिँदै हालसम्म नेपालमा कोरोना भाइरसका कारण १५ हजार ४ सय १९ जना संक्रमित भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनले नेपालमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ६ हजार ४ सय १५ जना स्वस्थ भएको भन्दै थप २ जनाको मृत्यु भएको र नेपालमा कोरोनाका कारण् मृत्यु हुनेको संख्या ३४ पुगेको पनि बताए ।
Last modified on 2020-07-06 08:21:06